You are viewing the translated version of निर्देशक समितिको बैठक सम्बन्धी कार्यविधि.

Rule 7
निर्देशक समितिको बैठक सम्बन्धी कार्यविधि
(१) निर्देशक समितिको बैठक आवश्यकता अनुसार संयोजकले बोलाउनेछ ।
(२) निर्देशक समितिको बैठक संयोजकले तोकेको मिति र समयमा सम्बन्धित जिल्ला समन्वय समितिको कार्यालयमा बस्नेछ । बैठक बस्ने सूचना जिल्ला समन्वय अधिकारीले बैठक बस्नुभन्दा कम्तीमा सात दिन अगावै सदस्यहरूलाई पत्र वा इमेल वा टेलिफोन मार्फत दिनु पर्नेछ ।
(३) निर्देशक समितिको बैठकमा संयोजक बाहेकका अन्य कुनै सदस्यको अनुपस्थितिका कारणले मात्र समितिको काम कारबाहीमा बाधा पुग्ने छैन ।
(४) निर्देशक समितिको निर्णय सर्वसम्मतिबाट हुनेछ। सर्वसम्मतिबाट निर्णय हुन नसकेमा संयोजक सहितको बहुमतबाट निर्णय हुनेछ। संयोजक सहितको बहुमत कायम हुन नसकेमा संयोजकको निर्णय नै निर्देशक समितिको निर्णय हुनेछ ।
(५) निर्देशक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।